अमेरिका । कोभिड–१९ महामारीमा कोभिडजन्य संक्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्यांकअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको संख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ ।
विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार सात सय ५६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड संक्रमण परीक्षणले संक्रमित सबैलाई नसमेटेको भन्दै संक्रमित मृतक र संक्रमित विरामीको संख्या तथ्यांकमा देखिएकोभन्दा निकै धेरै भएको अनुमान गरिएको छ ।
यो तथ्यांक गत शुक्रबारसम्म विश्वभरबाट प्राप्त सरकार र आधिकारिक निकायबाट प्राप्त रिपोर्ट हो । युरोप क्षेत्रमा संक्रमण पुष्टि हुनेको संख्या १८ लाख १८ करोड १२ लाख ७५ हजारभन्दा बढी रहेको छ र यो क्षेत्र महादेशीय आधारमा तुलना गर्दा सबैभन्दा बढी संक्रमित रहेको क्षेत्र हो भने अमेरिकी क्षेत्रमा १४ करोड ७६ लाख पाँच हजार नौ सय ३१ मुद्दाको पुष्टि सहित दोस्रो स्थानमा रहेको छ ।
संयुक्त राज्य अमेरिका, भारत र ब्राजिल सबैभन्दा धेरै संक्रमण पुष्टि गरिएका तीन देशहरू भएको विश्व स्वास्थ्य संगठनले संकलन गरेको तथ्यांकले जनाएको छ । विश्वभरि फेब्रुअरी २७ सम्ममा झन्डै १० अर्ब ६० करोड खोपहरू उपलब्ध गराइएको पनि उक्त संस्थाले जनाएको छ ।