काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही चैत १७ गते आफ्नो १६औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा १२ करोड छ लाख १३ हजार ५० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् भने कम्पनीको चुक्ता पुँजी एक अर्ब ३२ करोड ६६ लाख १४ हजार तीन सय ५५ रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १० करोड २९ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १५ करोड ३९ लाख ६७ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी एक अर्ब २० करोड ६० लाख १३ हजार रुपैयाँ रहेको कम्पनीको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी १७ रुपैयाँ सात पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने दुई सय २३ रुपैयाँ ८६ पैसा रहेको छ ।