काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ । उक्त कार्यक्रममा वीरगञ्ज महानरपालिका मेयर विजयकुमार सरावगी एंव माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. विरेन्द प्रसाद महतोले संयुक्तरूपमा उद्घाटन गरेका थिए । सोही कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो ।
बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरू मार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरूको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६४ वटा शाखाहरू र एक सय ५७ वटा शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा तीन सय २१ स्थानवाट ग्राहकहरूमा सम्पुर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर दुई सयवटा एटीएमहरू सञ्चालनमा रहेका छन् ।