काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड यही फागुन २२ गते सञ्चालनमा आएको पाँच वर्ष पूरा गरेको छ । क्यापिटलले आफ्नो पाँचौँ वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राहीहरू, हितग्राही खाता खोली कारोबार गर्ने खाताधारकहरू, सामूहिक लगानी योजनामा लगानी गरेका एकाइधनीहरू, सेयर रजिष्ट्रार सेवामा आबद्ध कम्पनीहरू तथा नियामक निकायहरूलगायत सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ । सो अवसरमा क्यापिटलबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट दिने घोषणा गरेको हो ।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकहरूलाई न्यून लागतमा उच्चकोटीको सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ क्यापिटलको पाँचौँ वार्षिक उत्सवको अवसरमा पाँचमा पाँच अफरसहित लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरूलाई मिति २०७८ साल चैत मसान्तसम्म लागू हुनेगरी विशेष छुट योजना ल्याएको छ । यो छुटअन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरूलाई पहिलो वर्षको वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत छुट, इनकम ग्यारिन्टेड फन्डअन्तर्गत हाल ११ दशमलव ३० प्रतिशत रहेकोमा शून्य दशमलव १० प्रतिशत थप गरी वार्षिक ११ दशमलव ४० प्रतिशतको सुनिश्चित प्रतिफल, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर खाता उपलब्ध गराउने भएको छ ।
यसैगरी एनआईसी एसिया म्युचुअल फन्ड सेवाअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको एकाइ खरिद गर्दा खरिद गरिएको एकाइभन्दा २० प्रतिशत बढी एकाइ वा अधिकतम एक हजार रुपैयाँसम्मको एकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना मिति २०७८ साल चैत मसान्तसम्म एकाइ खरिद गर्ने ग्राहकहरूले मात्र प्राप्त गर्नेछन् ।
क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत आइडिया टु आईपीओ नामक नयाँ सेवा सञ्चालन गरिरहेको छ । जसअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएनदेखि कम्पनी स्थापना, स्केल अफ, एक्सपान्सन ग्रोथ, फर्दर एक्सपान्सन हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ । उक्त सेवा जुनसुकै क्षेत्र तथा जुनसुकै चरणमा रहेका कम्पनीहरूले लिन सक्नेछन् ।
निक्षेप सदस्य सेवाअन्तर्गत एक नेपाली, एक डिम्याट खाता अभियानअन्तर्गत ग्राहकहरूलाई विभिन्न छुटसहित सहज, सरल र उच्च कोटीको ग्राहकमुखी सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ क्यापिटलले विशेष छुटसहित विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ । पाँचौँ वार्षिक उत्सवको अवसरमा क्यापिटलले एनआईसी एसिया डिम्याट सेवाअन्तर्गत मिति २०७८ चैत मसान्तसम्म निःशुल्क डिम्याट खाता सेवासहित थप नयाँ योजना सञ्चालन गरेको छ । एनआईसी एसिया केटाकेटी डिम्याट सेवाअन्र्तगत पनि क्यापिटलले बालबालिकालक्षित डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ ।
उक्त एनआईसी एसिया केटाकेटी डिम्याट सेवाका विशेषताहरूमा निःशुल्क डिम्याट खाता, दुई वर्षसम्मको डिम्याट खाता नवीकरण शुल्कमा छुट, पाँच वर्षसम्मका बालबालिकाहरूले मात्र यो सेवा लिन सकिने, एनआईसी एसिया क्यापिटल, एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरू तथा एनआईसी एसिया क्यापिटलको अनलाइन डिम्याट सेवामार्फत समेत उक्त सुविधा लिन सकिनेछ । साथै क्यापिटलले पाँचौँ वार्षिक उत्सवको अवसरमा काठमाडौं लायन्स क्लबसँगको सहकार्यमा रक्तदान कार्यक्रमा आयोजना गरी क्यापिटलमा कार्यरत कर्मचारीहरूले रक्तदान गरेको जानकारी दिएको छ ।