काबुल । अफगानिस्तान सन् २०२१ मा आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतंकवाद सूचकांकलाई उद्धृत गर्दै उक्त कुरा जनाएको छ ।
देशले २०२१ मा आतंकवादबाट एक हजाार चार सय २६ जनाको ज्यान गएको छ जुन विश्वको कुल संख्याको २० प्रतिशत हो । (आईईपी) प्रतिवेदनअनुसार जसले अफगानिस्तानमा आतंकवादी घटनाहरूमा कम्तिमा २१ सय ९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् । यी पीडितहरूमध्ये आधाभन्दा बढी नागरिकहरू रहेका थिए जसमा काबुलमा भएको सन् २०२१ को आक्रमणमा परेका थिए ।
दाएसले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा आत्मघाती बम विस्फोट गराएको थियो जसमा एक सय ७० जना मारिएका थिए भने अन्य थुप्रै घाइते भएका थिए । अफगानिस्तानपछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतंकवादी हमला गरिएका प्रतिवेदन सार्वजनिक भएका थिए । यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ ।