काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएयता आधा दर्जन कम्पनीहरुले दुई अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार विकास बैंक, जलविद्युत् र बीमा समेतका गरी सातवटा कम्पनीहरुले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुई अर्ब दुई करोड ७४ लाख ३४ हजार सात सय ६७ रुपैयाँ ४२ पैसाबराबरको दुई करोड दुई लाख ७४ हजार तीन सय ४७ दशमलव ६७ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएका हुन् ।
यसरी अनुमति पाएकामध्ये शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बिक्री प्रक्रियामा नै रहेको भए पनि बाँकी कम्पनीहरुको भने हकप्रद सेयरको बिक्री कार्य सम्पन्न भइसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार अनुमति पाउने कम्पनीहरुमध्ये एक्सेल डेभलपमेन्ट बैंकले २४ करोड ३३ लाख ३६ हजार तीन सय ६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार तीन सय ६३ दशमलव ६७ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । उक्त बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंकले पनि १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँबराबरको १३ लाख १२ हजार तीन सय ३८ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । उक्त बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी समृद्धि फाइनान्सले पनि २७ करोड २९ लाख ७० हजार पाँच सय रुपैयाँबराबरको २७ लाख २९ हजार सात सय पाँच कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । फाइनान्सको सेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोर्डका अनुसार छ्याङदी हाइड्रोपावर कम्पनीले पनि आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपैयाँबराबरको आठ लाख ९३ हजार २५ कित्ता हकदप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले पनि ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोर्डका अनुसार शिखर इन्स्योरेन्स कम्पनीले पनि ५२ करोड ७५ लाख ५७ हजार दुई सय रुपैयाँबराबरको ५२ लाख ७५ हजार पाँच सय ७२ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएको छ । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईबील एस क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डका अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि ४६ करोड ३० लाख ३४ हजार चार सय रुपैयाँबराबरको ४६ लाख ३० हजार तीन सय ४४ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । कम्पनीको सेयर बिक्रीप्रबन्धकमा भने ग्लोबल आईएमई क्यापिटल लिमिटेड नै रहेको छ ।
