काठमाडौं । सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्राण्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको छ । सीजी ब्रुअरीले समयअनुकूल आप्mना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन गर्दै आएको छ ।
नेपाल आइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाइको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । यो बियरको मुल्य ६५० मिलि प्रतिबोतल उपभोक्ता मूल्य तीन सय ४० रुपैयाँ र ३३० मिलि प्रतिबोतल उपभोक्ता मूल्य एक सय ७५ रुपैयाँ कायम गरिएको छ ।