काठमाडौँ, माघ २७
अजोड इन्स्योरेन्स कम्पनीले बीमा सम्वन्धी तालिम दिएको छ । कम्पनीले गण्डकी प्रदेशअन्तर्गत पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेकसाइड पोखरामा आधारभुत निर्जिवन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । तालिमको अवसरमा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिएका थिए ।
केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा प्रकाश पारेका थिए भने अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपक्षी) बीमाबारे प्रकाश पारेका थिए । कम्पनीको आधारभूत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए ।