काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू (एसएमईएस) लाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटलाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगलप्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ ।
अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ एपमा कार्य गर्दै आइरहेका छन् । यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् । यो अनलाइन सपिङ एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउँदै समयसापेक्ष रूपमा अद्यावधिक गर्दै जाने कम्पनीले जनाएको छ ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्लेस्टोरमा गएर तुरुन्तै र सजिलै ‘बिजबजार अनलाइन सपिङ एप’ डाउनलोड गर्न सक्नेछन् भने छिट्टै (आईओएस) प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहनेहरुले भने सिधै कम्पनीको वेबसाइटमा गएर पनि यो सेवा लिन सकिनेछ ।