काठमाडौँ, माघ २७
सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा यही माघ २४ गते कैलालीको धनगढी उपमहानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैकिङ कर्जा सम्बन्धी जानकारी जस्तै व्यवसायदर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यवस्थापन, व्यापार विस्तार, बैकिङ प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ५५ भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।
देशभरि सबैक्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दे जाने बताएको छ । बैंकले हाल देशभर एक सय ८० वटा शाखा (तीन वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा शाखारहित बैकिङ सेवा, दुई सय तीन एटिएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।