काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको पोखरा, चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित अम्विका माध्यामिक विद्यालयलाई साइन्स ल्याबका लागि आवश्यक सामग्रीहरू सहयोग गरेको हो ।
यो सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगशालाका सामग्रीहरू प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रबन्धक किरण घिमिरेले जानकारी गराए । एक विशेष कार्यक्रमका बीच उक्त विज्ञान प्रयोगशालाका सामग्रीहरू विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो । बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू नेपालभर छरिएर रहेका एक सय तीनवटा शाखाहरूमार्फत गर्दै आइरहेको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहने कुरा जानकारी दिएको छ ।
साथै, बैंकले आफ्ना ग्राहकहरूलाई अधिकतम लाभ दिने उद्देश्यले महालक्ष्मी बचत वृद्धि खाता सञ्चालनमा ल्याएको छ । वार्षिक ब्याजदर आठ दशमलव ५५ प्रतिशत रहेको यो खाता न्यूनतम मौज्दात ५१ रुपैयाँमा नै खोल्न सकिनेछ । यसमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क एटीएम कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।