काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गरिरहेको छ ।

कम्पनीले फागुन २२ गतेदेखि सञ्चालन गरेको उक्त क्याम्प चैत १७ गतेसम्म चल्ने जनाएको छ । यस एक्स्चेन्ज क्याम्पको अवधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।