काठमाडौं । खल्ती एपमार्फत ‘ईएमआई’ भुक्तानी गर्दा शतप्रतिशत क्यासब्याकका साथै दुई जना भाग्यशाली विजेताले स्मार्टफोन जित्ने मौका पाउने भएका छन् । यस अफर ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’अनुसार हुलास फिन सर्भ जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट स्याकार होन्डा र एमएडब्ल्यु इन्भेस्मेन्ट प्राइभेट लिमिटेडको ईएमआई भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले भुक्तानीमा शतप्रतिशत क्यासब्याक (पाँच हजार रुपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् ।
यो अफर मंगलबारदेखि लागू भै आगामी चैत ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रविधि र विकासको परिवर्तनसँगै डिजिटाइजेसनको आवश्यकता द्रुतगतिमा बढिरहेको र डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको बताए । पाँच हजार रुपैयाँमाथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी आनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभर फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।