काठमाडौं । एनएमबी बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन पनि अनलाइनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबी बैंक नेपाली बैंकिङ जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजिटलरूपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् । ‘
एनएमबी बैंकले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दै छ । ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नआईकनै बैंकिङ गतिविधिहरू सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ सेवा प्रदान गर्दछ । बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङप्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपूर्ति गर्नु रहेको छ, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको भएको बैंक हो । एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ को लागि पनि उक्त पत्रिकाबाट चार पटक नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ पनि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३९ वटा एटीएमहरू, १० वटा एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।