काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १७ दशमलव १५ अंकले ओरालो लागेको शेयर बजार परिसचुक साताको चौथो कारोबार दिन आज बुधबार पुन १९ दशमलव ६५ अंकले ओरालो लागेर २६ सय ३१ दशमलव ३२ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव २२ अंकले ओरालो लागेर चार सय ९७ दशमलव ३७ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको शेयर कारोबार भएका छन् । जसबाट ३७ हजार ३२ पटकको कारोबारमा ४९ लाख ६७ हजार चार सय ७१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ५७ करोड चार लाख एक हजार एक सय ८८ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्सें) आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।