लन्डन । बेलायतकै ठूलो विमानस्थलले कोभिड १९ सँग सम्बन्धित मास्क लगाउनुपर्ने सम्बन्धी नियम हटाएको छ । यात्रुका लागि यसअघि यो अनिवार्य मान्नैपर्ने नियम थियो ।
योसँगै अब विमानस्थलका टर्मिनलहरुमा, रेलवे स्टेसन र कार्यालय भवनमा मानिसहरुले मास्क लगाउनुपर्नेछैन । तर मानिसहरुलाई यसका लागि भने प्रेरित गरिने विमानस्थलले बताएको छ । ब्रिटिश एयरवेज र भर्जिन एटलान्टिकले अनुहार ढाक्नुपर्ने यसअघि आफूले लागू गरेको नीति पनि छोडेका छन् । तर यदि यात्रु जाने देशले यो नियम लागू गरेका छन् भने यात्रुले त्यहीअनुसार मास्क लगाउनुपर्ने उनीहरुले बताएका छन् । जनवरीको अन्त्यसँगै मास्क लगाउनैपर्ने नियम भने केही सार्वजनिक यातायात र पसलहरुमा हटेको थियो ।
यद्यपि ठूलो संख्यामा अन्तर्राष्ट्रि उडानको व्यवस्थापन गर्दै आएको हिथ्रुले यो हप्तासम्म मास्क लगाउनुपर्ने नियम जारी राखेको छ । हिथ्रुका प्रमुख सञ्चालन अधिकृत एम्मा गिल्थोर्पेले अनिवार्य नियम भने खुकुलो बनाइएको बताइन् । यदि धेरै संख्यामा संक्रमित भेटिएकोा अवस्थामा भविष्यमा आउने नयाँ भेरियन्टको सन्दर्भमा भने यो अनिवार्य नियम फेरि लागू गरिने उनको भनाइ छ । नियम खुकुलो गरे पनि मास्क लगाउन चाहनेका लागि भने उनीहरुको चाहनाअनुसार नै छोडिदिने पनि उनले बताइन् ।