टोक्यो । जापानले युक्रेनका घटनाहरूको सम्बन्धमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको दर्जाबाट वञ्चित गर्ने निर्णय गरेको प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।
‘हामी रूसलाई सबैभन्दा मनपर्ने राष्ट्र शासनबाट बाहिर राख्दै छौँ’, किशिदाले भने । विश्व व्यापार संगठनको सदस्यको रूपमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको रूपमा लिइएको थियो । रुसले सन् २०१२ देखि विश्व व्यापार संगठनको सदस्यको रूपमा मोस्ट–फेभेर्ड नेसनको फाइदा उठाउँदै आएको छ ।
जापानले रुसमा विलासिताका सामानको निकासीमा प्रतिबन्ध लगाउने र रुसबाट धेरै सामानको आयातमा पनि प्रतिबन्ध लगाउने किशिदाले बताए । जापानले जी–७ सँगसँगै रुसलाई विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूबाट लगानी प्राप्त गर्न गाह्रो बनाउन उपायहरू अबलम्बन गर्ने जनाएको छ । टोकियोले रुसी राष्ट्रपतिको नजिकको ‘रूसी कुलीन वर्ग’को दायरा विस्तार गर्ने र तिनीहरूको सम्पत्ति रोक्का गर्दै रुसमाथि क्रिप्टोकरेन्सीसम्बन्धी प्रतिबन्धहरू पनि लगाइने बताएको छ ।