काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’को नारालाई आत्मसात् गर्दै वभिन्न सामाजिक तथा आर्थिक रूपान्तरणका कार्यहरू संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महाकाली बहुमुखी क्याम्पस, बेलौरीलाई एक सय ७० थान गमला सहयोग गरेको छ ।
क्याम्पस प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच क्याम्पसलाई गमला प्रदान गरेको महालक्ष्मी विकास बैंक शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक रामबहादुर विकले जानकारी गराए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले बताए । उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फूलका गमला दिई सहयोग गरेकोमा महालक्ष्मी विकास बैंकले गरेको कार्यको खुलेरै प्रशंसा गरे । आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व काकार्यहरूलाई थप प्रभावकारीरूपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल एक सय तीनवटा शाखाहरूमार्फत करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिपबेस ट्राभल कार्ड, ई–कमर्स कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।