काठमाडौं । माछापुच्छ्रे बैंकले आगलागीमा परेकाहरूलाई खाद्यान्न सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माहुली शाखामार्फतयही फागुन २८ गते सत्तरी अग्नीसाइर कृष्णासवरन टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११ घर परिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको हो । उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन गाउँपालिका वडा नं.४ का अध्यक्ष तेजनारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उपप्रमुख विनेश ठाकुरको समेत उपस्थितिमा रहेको रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरूलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरूमा पनि सरकारलाई सहयोग गर्दै आएको छ । बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पु-याउने उद्देश्यले एक सय ६४ वटा शाखा, आठवटा एक्सटेन्सन काउन्टर, एक सय ५७ शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।