काठमाडौं । देशकै अग्रणी स्टिल उत्पादक कम्पनी, जगदम्बा स्टील्सले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका उत्पादनहरूको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको छ ।
कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरू, जगदम्बा सुपर साइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ । जगदम्बा स्टील्सले केही समयअघि मात्रै ‘सीआर सिट एन्ड कोइल्स’हरू दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरू तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । जगदम्बा सुपर साइन र ग्याल्भा प्लसको तेस्रो देश निर्यात थालनीको अवसरमा बोल्दै जगदम्बा स्टील्सका प्रवक्ताले उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस्तरको निरन्तर्ता नै कम्पनीको प्रतिबद्धता तथा प्रथम प्राथमिकता रहेको बताए ।
नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रूपमा स्थापित हुन पाउँदा कम्पनी निकै गौरवान्वित रहेको उनले बताए । यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरू उपभोक्ता माझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको उनको भनाइ छ ।