काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले एभरेष्ट कलेजका विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सीबीआईएल क्यापिटलले एभरेष्ट कलेजका बीबीए विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरूलाई सफल लगानीका सुत्रहरू प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरेको कम्पनीले जानकारी दिएको छ ।