काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिनसक्ने भएका छन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरूलाई लक्षित गरी उनीहरूको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेपछि ग्राहकहरूले यस्तो सुविधा पाएका हुन् ।
यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरूले ग्लोबल आईएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस वा वेबसाइटमार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशतवा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।