काठमाडौं । सहज एवं सबल बैंकिङको मूल सिद्धान्तअनुरूप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले समयअनुरूप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने गरेको छ । सोही क्रममा बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।
बैंकले २०७८ चैत्र १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुनेगरी ल्याएको यो योजनामा बैंकका ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंक प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्काे ठाउँ निःशुल्करूपमा रकम पठाउन सक्नेछन् । एनआईसी एसिया मोबाइल बैंकमार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यो सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहजरूपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने बैंकले जानकारी दिएको छ ।
यो योजनाअन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एसिया मोबाइल बैंकबाट रेमिट रकम सहजरूपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोबाइल बैंकभित्र रहेकोे सेन्ड रेमिट आइकनमा ट्याप गरे पश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनोट गरी सुरक्षितरूपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।
साथै, बैंकका कुनै एक ग्राहकले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एनआईसी एसिया मोबाइल बैंकबाट सहजै बुझ्न सकिने नवीन सुविधा समेत यस एपमा रहेको छ । यसका लागि ग्राहकहरूले एनआईसी एसिया मोबाइल बैंकभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पीन विवरण राखेपछि रकम खातामा स्थानान्तरण गर्न सक्नेछन् । यो दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रवद्र्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५८ शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।