काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ७ गते अर्थात् सोमबार पुनः ११ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको छ । सो दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही चैत १ गते पनि १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति चैत ८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब ५३ करोडठ, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको रहेको छ ।
यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः वि.सं. २०७९ असार ७ गते, वि.संं. २०७९ असोज ४ गते र वि.सं. २०७९ चैत ७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार सो दिन बिक्री भएको यी सबै टे«जरी पुरानो नवीकरण अन्तर्गतका रहेका छन् । यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।