काठमाडौं । ‘खल्ती’ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा ग्राहकहरूका लागि खुसीको खबर लिएर आएको छ । अब ‘खल्ती’ बाट सिधै आफ्नो बीमा प्रिमियम तिर्न सकिनेछ । यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो । यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ ।
यो सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताहरूले डिजिटल बानी अपनाउन यस प्रकारको कुनै पनि प्रकारको वित्तीय लेनदेनहरू निर्बाधरूपमा कार्यान्वयन गर्नसक्ने सुनिश्चित गर्न काम गरिरहेका छौँ र उनीहरूले समय र पैसा दुवै बचत गर्न सकून् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम खल्तीबाट तिर्न खल्ती एप लग–इन गरी इन्स्योरेन्स आइकन मा ट्याप गर्नुपर्नेछ । सोपश्चात् सिटिजन लाइफ इन्स्योरेन्स सेलेक्ट गने अनि डीओबी र पोलिसी नम्बर र विवरणहरू प्राप्त गर्न ट्याप गर्नुपर्ने छ । त्यसपछि भने सम्पूर्ण विवरण दाखिला गरी प्रोसिड टु पेमा क्लिक गर्नुपर्नेछ । पाँच हजार रुपैयाँ प्रिमियम भुक्तानीको लागि प्रयोगकर्ताहरूले खल्तीसँग आफ्नो केवाईसी भने अनिवार्यरूपमा भेरीफाइ गर्नुपर्छ जसले प्रयोगकर्ताहरूलाई भुक्तानी सेवाहरूको विस्तृत दायराको मजा लिन सक्षम बनाउँछ ।
खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तैः मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजारभन्दा बढी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।