काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले सोमबार एकदिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा एक सय आठ जना स्थानीयले सेवा प्राप्त गरेको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा समाज डेन्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना एक सय २९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र एक सय १३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।