काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १२ दशमलव ५४ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोबार दिन आज बुधबार पुन २० दशमलव ३४ अंकले ओरालो लागेर २६ सय ३० दशमलव ३६ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २२ अंकले ओरालो लागेर चार सय ९५ दशमलव ११ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २९ हजार छ सय ७८ पटकको कारोबारमा ३९ लाख ८५ हजार पाँच सय ७४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब चार करोड ६३ लाख ५२ हजार पाँच सय ४७ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये ट्रेडिङ र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।