काठमाडौं, माघ २८
एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले संयुुक्तरुपमा घुम्ती सेवा सञ्चालन गरेका छन् । बीमा समितिद्वारा मिति २०७६ मंसिर २४ गते जारी ‘शाखारहित घुम्ती बीमा सेवासम्बन्धी मार्गदर्शन २०७६’ मा व्यवस्था भएबमोजिम एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीद्वारा संयुुुक्तरुपमा घुम्ती बीमा सेवा ठाकुरबाबा मन्दिर परिसर, ठाकुरद्वारा, बर्दियाबाट शुभारम्भ गरिएको हो । ग्राहकहरुलाई घरदैलोबाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले यो घुम्ती बीमा सेवा सञ्चालन गरिएको छ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहको चाहनाबमोजिम भविष्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए । घुम्ती बीमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बीमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरी व्यवसाय सञ्चालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायीमा अनुरोध गरे । उक्त समारोहमा प्रमुख अतिथिको आसनग्रहण गर्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बीमालाई आमजनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउन बीमा कम्पनीमार्फत घुम्ती बीमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।