काठमाडौं । गरिमा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता भएको छ । सोलुसनले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको हो । नेपाल पेमेन्ट सोलुसन प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा गरिमा विकास बैंकको तर्फबाट गोविन्द प्रसाद ढकाल, प्रमुख कार्यकारी आधिकृत र कमल प्रसाद अर्याल आईटी प्रमुखले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब, गरिमा विकास बैंकसँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउनेछ । नेपाल पेमेन्ट सोलुसनले यी सेवाहरू डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरूमार्फत उपलब्ध गराएको छ ।
नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेषगरी बैंक तथा वित्तीय संस्थाहरू, पीएसपीहरू रेमिट्यान्स कम्पनीहरू र व्यावसायिक क्षेत्रहरूमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकांश वाणिज्य बैंक, विकास बैंक, फाइनान्स एवं अन्य वित्तीय संस्थाहरूसँग सहकार्य गरी काम गरिरहेको छ ।