काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ग्राहकहरूलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरूको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ ।
बैंकका अनुसार हेल्पलाईन सेवाअन्तर्गत ग्राहकहरूले बैंकको कुनै पनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पसको कारोबारमा केही समस्या आएमा बैंकका ग्राहकहरूले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगानाबाट सिधै सहयोग लिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस हेल्पलाइन सेवाले ग्राहकहरूको बैंकिङ कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकले ९७ वटा शाखा कार्यालयहरू, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।