काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधबार सिराहाको मिर्चैयामा पनि शाखा विस्तार गरेको छ । बैंकका अनुसार उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेका हुुन् ।
उद्घाटन समारोहमा महजोडीले सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकले देशका सातै प्रदेशमा एक सय २५ वटा शाखा कार्यालय र एक सय १४ वटा एटीएममार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।