काठमाडौं । एभरेष्ट बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सम्झौता भएको छ । बैंकका अनुसार ‘अपरेसन रिस्क मेनेजमेन्ट सिस्टम’ सफ्टवेयर लिने विषयमा दुई संस्थाहरूबीच सम्झौता भएको हो ।
जसमा एनबीआईले अपरेसनल रिस्क मेनेजमेन्ट सफ्टवेयर उपलब्ध गराउनेछ । यो सफ्टवेयरले तथ्याङ्कहरूको आन्तरिक नोक्सानीहरूको सूचना उपलब्ध गराउन मदत गर्ने साथै बैंकमा हुनसक्ने महत्वपूर्ण जोखिम सङ्केत र तिनीहरूको नियन्त्रण, विश्लेषण र व्यवस्थापन गर्न सहजीकरण गर्नेछ । यो सफ्टवेयरले बासेल–३ बमोजिमका सञ्चालन जोखिमहरूलाई नियन्त्रण गरी व्यवस्थापन गर्दछ ।
सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत खालिङले एनबीआईले यस्ता किसिमका बैंकिङ व्यवस्थालाई मजबुत र सुरक्षित गराउने उपयोगी औजारहरूको खोज र विकास गरी सहयोग गर्ने विश्वास र शुभकामना व्यक्त गरेका छन् ।