काठमाडौं । ग्लोबल मनी वीक २०२२ अन्तर्गत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नेपाल बंगलादेश बैंकको कलकत्ता शाखाले स्थानीय बेलौरी नगरपालिका वडा नं. ८ मा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी व्यापारीवर्गहरु तथा स्थानीय जनप्रतिनिधिहरु गरी जम्मा एक सय ५० जनालाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंगलादेश बैंक कलकत्ता शाखाका शाखा प्रमुख पंकज भट्टले डिजिटल माध्यमबाट बैंकिङ सेवा, विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा कार्यक्रममा उपस्थित सहभागीहरुलाई जानकारी गराएको बैंकले जनाएको छ ।