काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रदेश १ विराटनगरमा आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडिया गरेका हुन् । उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रमुख अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरूमाझ उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको हो । अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आम ग्राहकहरूसमक्ष सेवा प्रदान गर्ने उद्देश्यका साथ साथै देशको अर्थतन्त्रलाई समृद्ध एवं सुदृढ बनाउन नवस्थापित बैंकको भवनमार्फत प्रदान गरिने सेवाको अहम् भूमिका रहनेमा बैंक विश्वस्त रहेको छ । साथै यसअघि विराटनगरस्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दैै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ९० वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), दुई सय आठवटा एटीएम, एक सय १४ वटा शाखारहित बैंकिङ सेवार १५ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।