काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार छ सय १३ दशमलव ६७ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ८८ दशमलव ९४ विन्दुमा पुुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ३५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख ८४ हजार छ सय ७७ पटकको कारोबारमा दुई करोड ४० लाख ९० हजार सात सय ६२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार आठ सय ७२ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा सामान्यरुपमा बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ६६ हजार पाँच सय ४२ पटकको कारोबारमा दुई करोड २८ लाख ६८ हजार तीन सय ९७ कित्ता सेयर खरिदबिक्री हुँंदा कुल कारोबार रकम १२ अर्ब २२ करोड ६७ लाख ७८ हजार पाँच सय ८९ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, चौैथो र पाँचौँ दिन सेयर बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक १४ दशमलव ६७ अंकले ओरालो लागेर दुई हजार छ सय १६ दशमलव ५८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शून्य एक अंंकले ओरालो लागेर चार सय ९४ दशमलव ३८ विन्दुमा झरेको थियो । दोस्रो दिन भने बजार परिसूचक १८ दशमलव शून्य सात अंकले उकालो लागेर दुई हजार छ सय ३४ दशमलव ६५ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९२ अंंकले उकालो लागेर चार सय ९६ दशमलव ३० विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसूचक १२ दशमलव ५४ अंकले उकालो लागेर दुई हजार छ सय ४७ दशमलव २० विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव छ अंंकले उकालो लागेर चार सय ९८ दशमलव ३६ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक २० दशमलव ३४ अंकले ओरालो लागेर दुई हजार छ सय ३० दशमलव ३६ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २२ अंंकले ओरालो लागेर चार सय ९५ दशमलव ११ विन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ६९ अंकले ओरालो लागेर दुई हजार छ सय १३ दशमलव ६७ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १७ अंंकले ओरालो लागेर चार सय ८८ दशमलव ९४ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।