काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ४१ दशमलव ४३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार पुन ३० दशमलव ४३ अंकले ओरालो लागेर २५ सय ४१ दशमलव ८३ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव तीन अंकले ओरालो लागेर चार सय ७४ दशमलव नौं बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जस अन्तर्गत ४२ हजार सात सय १२ पटकको कारोबारमा ४९ लाख ५८ हजार नौं सय १४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार आठ सय १४ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।