काठमाडौं । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ । अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्कलिङ पेयपदार्थको साथमा हरेक पल रिफ्रेस अनुभव गर्न सक्नेछन् ।
नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्देश्यलाई प्रतिविम्बित गरेको छ । कम्पनीका अनुसार यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो । यसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र ओओएच (आउट अफ होम) आदि समावेश छन् । कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ति ल्याउन सहयोग गर्ने बताए । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
यस्तै बोटलर्स नेपाल लिमिटेडका प्रबन्धनिर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइअनुसार रिफ्रेस रहिरहनको लागि थप विकल्पहरू दिन कम्पनी सधैँ प्रयासरत रहेको बताए । योसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी दुईवटा फ्लेभर उपलब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।