काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले निःशुल्करूपमा जानकारीमूलक भिडियो उपलब्ध गराएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नासामार्फत सेयर कारोबार गरिरहेका र भविष्यमा कारोवार गर्ने सम्पूर्ण लगानीकर्ता ग्राहकहरूलाई मध्यनजर गर्दै सेयर बजार र कारोबारसँग सम्बन्धित विविध विषयको ज्ञान दिने हेतुले विशेष जानकारीमूलक निःशुल्करूपमा उपलब्ध गराउने भएको हो ।
सामान्यत १४ सय ९९ रुपैयाँमा उपलब्ध हुने उक्त भिडियोका लागि कम्पनीले मेरो स्कुल एपसँग आवश्यक सहकार्य गरी सो एपमार्फत अनलाइन वा अफलाइन तरिकाले पूर्णतः निःशुल्करूपमा अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ । यी अध्ययन सामग्रीहरू निःशुल्करूपमा प्राप्त गर्नका लागि चाहिने डिस्काउन्ट भौचर कोड तथा अन्य जानकारी इमेलमार्फत सबै ग्राहकवर्गमा पठाइसकेका कम्पनीले जानकारी दिएको छ ।
मेरो स्कुल एपले विभिन्न विधामा अनलाइन शिक्षा प्रदान गर्दै आएको छ र सो गुगल प्ले स्टोर, एपल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।