काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको जमल, महाराजगञ्ज र जरङखुमा आफ्नो नयाँ शाखा आइतबार उद्घाटन गरेको छ । जमल शाखाको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र राष्ट्रिय नाचघरका, महाप्रबन्धक अशोक कुमार राईले संयुक्तरूपमा गरेका छन् । त्यसैगरी, महाराजगञ्ज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र काठमाडौं महानगरपालिका वडा. नं ०४ का वडा अध्यक्ष मोहनबहादुर विष्टले संयुक्तरूपमा गरेका छन् ।
साथै, जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक डा. बालगोपाल वैद्य र तारकेश्वरका नगरप्रमुख रामेश्वर बोहोराले संयुक्तरूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल र आशुतोष शर्मा, बागमती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत खालिङ तीनवटै स्थानका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय १५ वटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, एक सय ४८ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।