काठमाडौं । सेयर बजार परिसुचक पुनः ओरालो लागेको छ । अघिल्लो दिन ३० दशमलव ४३ बिन्दुले ओरालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन: १४ दशमलव २६ अंकले ओरालो लागेर २५ सय २७ दशमलव ५८ बिन्दुमा झरेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोेबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ९३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसअन्तर्गत ३१ हजार चार सय ३१ पटकको कारोबारमा ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ७५ करोड छ लाख २८ हजार एक सय ९९ रुपैयाँमा सिमित भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् ।