काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ बैठकलाई सम्बोधन गरेकी छिन् । प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तीकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति महोदयलाई जानकारी गराएका थिए । राष्ट्रपतिले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा सुझाव दिएकी थिईन् ।
जोन्टा क्लबको एरिया २ (नेपाल र बंगलादेश) को डिस्ट्रिक्ट २५ को बैठक ‘शिक्षा, सशक्तीकरण र प्रबुद्धता’ थिमसहित काठमाडौँमा सम्पन्न भएको छ । बैठकको उद्घाटन गभर्नर जेडटीएन एरिक इलाभियाले गरेका थिए । लेफ्टिनेन्ट गभर्नर जेडटीएन सिर्जना राणाले डिस्ट्रिक्ट २५ मा सहभागीहरूलाई जोन्टा सदस्यता संख्याको बारेमा जानकारी दिइन् । बैठकमा बंगलादेश, भारत, इटाली र नेपालका ७९ सदस्य सहभागी थिए । जोन्टा क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट २५ मा नेपाल, भारत, श्रीलंका र बंगलादेश समावेश छन् ।