काठमाडौं । सानिमा बैंकले -याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरूमा छुट दिने सम्झौता गरेको छ । बैंकका अनुसार ग्राहकहरूले सानिमा भिसा कार्ड (डेबिट, क्रेडिट) र सानिमा सजिलो ई–बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा -याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् । यी होटलहरूमा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट उपलब्ध हुनेछन् ।
सानिमा बैंकको क्रेडिट कार्डको लागि बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ । सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय तथा एक सय १४ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।