काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन देखि नै लगातार ओरालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार ४० दशमलव ६८ बिन्दुले उकालो लागेर २५ सय ६८ दशमलव २५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १३ बिन्दुले उकालो लागेर चार सय ८० दशमलव शुन्य छ बिन्दुमा चढेको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३२ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३६ हजार आठ सय ११ पटकको कारोबारमा ४५ लाख दुई हजार पाँच सय ११ कित्ता सेयर कारोबार भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम दुई अर्ब २५ करोड एक लाख १७ हजार दुई सय ९६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजार पुरिसुचक पुरै हरियो भएको छ ।