काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । एक कार्यक्रमका बीच कोषलाई झोला वितरण गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरू गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।
फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम ११ प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जानकारी दिएको छ ।