काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीहरूबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने सुभाष अमात्यलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्षले अमात्यले सोही दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
यसअघि अध्यक्ष रहेका डा. आत्माराम घिमिरेले यही चैत १६ गतेदेखि नै लागू हुनेगरी व्यक्तिगत कारणले राजीनामा दिएका हुन । २०७४ मंसिर २८ गतेबाट सञ्चालनमा आएको कम्पनीले देशभरका एक सयवटा शाखा/उपशाखा कार्यालयहरूबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको जानकारी दिएको छ ।