काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ४० दशमलव ६८ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने २३ दशमलव ९५ अंकले ओरालो लागेर २५ सय ४४ दशमलव ३० बिन्दुमा खुम्चिएको हो ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव छ अंकले ओरालो लागेर चार सय ७५ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३७ हजार चार सय २९ पटकको कारोबारामा ३७ लाख ८७ हजार ४५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ८९ करोड एक लाख ६४ हजार छ सय ८६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् जसमध्ये ट्रेडिङ उपसमुहको सुचक उकालो लागेर बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।