काठमाडौं । द वर्ल्ड कल्चर आर्टिस एसोसिएसन नेपाल र सो जेएम इन्टरटेन्टमेन्टको नेपालको संयुक्त आयोजनामा पोखरामा उरल अल्टायिक ल्याङगोजेन हाङसोङ कल्चर फेस्टिभल हुने भएको छ ।
आगामी सन् २०२३ को डिसेम्बरमा १५ दिनसम्म चल्ने सो फेस्टिभलमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरुसहित प्रस्तुत गरिने दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपालका अध्यक्ष डम्बर बहादुर बिसीले बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी दिए ।
गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड्डयनमन्त्री मणिभद्र शर्माले पर्यटकीय नगरी पोखरामा आयोजना हुनलागेको यो कार्यक्रमले पर्यटनको विकास हुनुका साथै कोरोनापछि विश्वमा नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार बताए । मन्त्री शर्माले प्रदेश सरकारको तर्फबाट फेस्टिभलको लागि आवश्यक जग्गा तथा अन्तर्राष्ट्रिय कलाकारहरुको सुरक्षा सरकारले गर्ने जानकारी दिए ।
सो जेएम इन्टरटेन्टमेन्टको नेपालका अध्यक्ष प्रकाश सुबेदीले नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृति एक आपसमा आदानप्रदान गरी आपसी सद्भाव सांस्कृतिक प्रवर्द्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए ।