नयाँ दिल्ली । सवारीसाधन निर्माता टोयोटाले आफ्नो लाइफस्टाइल पिकअप टोयोटा हाइलक्स भारतमा सार्वजनिक गरेको छ । कम्पनीले पाँच कलर अप्सनसहित म्यानुअल, स्वचालित ट्रान्समिसनमा उक्त गाडी भारतमा सार्वजनिक गरेको हो ।
भारतमा यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार भारु रहेको छ । लामो समयअघि नै यसको बुकिङ सुरु भइसकेको थियो । अब आगामी केही दिनदेखि डेलिभरी सुरु गर्नेछ । भारतमा यो गाडीको एमटी स्ट्यान्डर्डको मूल्य ३३.९९ लाख, एमटी हाई भेरियन्टको मूल्य ३५.८० र एटी हाइको मूल्य ३६.८० लाख भारु राखिएको छ ।
इनोभेटिभ इन्टरनेशनल मल्टिपर्पस भेहिकल प्लेटफर्ममा आधारित यो गाडीमा पियानो ब्ल्याक ग्रिलका चार क्रोम लगाइएको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प र डीआरएलसँगै एल आकारमा फग ल्याम्प रहेको छ । यसमा १८ इन्चको अलोय ह्विल्स रहेको छ ।
यसको इन्जिन पावर २.८ लिटर टर्बोचार्ज्ड डिजल इन्जिन रहेको छ । जसले २०४ बीएचपीको पावर र ४२० एनएम टर्क जेनरेट गर्छ । ६ स्पिड म्यानुअल ट्रान्समिसनसँगै ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन अप्सनमा लाइफस्टाइल पिकअप रहेको छ । यो गाडीले आसियन एनक्यापको दुर्घटना परीक्षणमा फाइभस्टार रेटिङ पाएको छ ।
यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टयुक्त ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, मल्टिफंक्सनल स्टेरिङ ह्विल्स, पुस स्टार्ट बटन, डुअल जोन क्लाइमेट कन्ट्रोल, इलेक्ट्रोनिक एडजस्टेबल ड्राइभर सिट र हिट रिजेक्सन विन्डोजस्ता फिचर छन् । सुरक्षा फिचरतर्फ ७ एयरब्याग, रिभर्स क्यामेरा, रियर र फ्रन्ट पार्किङ क्यामरा, एक्टिभ ट्राक्सन कन्ट्रोल, एबीएस ईबीडी, भेहिकल स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल, सिट कन्ट्रोल र टायर एंगल मोनिटर जस्ता सुविधा छन् ।