काठमाडौं ।रिलायन्स फाइनान्स लिमिटेडले ‘ग्लोबल मनी वीक २०२२’ मा विभिन्न स्थानमा वित्तीय सचेतना प्रदान गरेको छ । फाइनान्सका अनुसार सो अवसरमा प्रदेश नं १ को झापा जिल्ला सुरुङ्गामा अवस्थित कन्काई बहुमुखी क्याम्पसमा अध्ययनरत बीबीएस तहका विद्यार्थीहरू र झापा जिल्ला मेचीनगर १२ सहरेजगीमा रहेको सरस्वती बाल कल्याण माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई वित्तीय सचेतना प्रदान गरिएको हो ।
यसैगरी प्रदेश नं ०५ अन्तर्गत कोहलपुर १०, बाँकेस्थित त्रिभुवन नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरू, कोहलपुर १० बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसका बीबीएस तहका विद्यार्थीहरू र राजापुर नगरपालिका वडा नं ४ बर्दियास्थित अमर सहिद बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई बैंकिङ चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको गरिएको छ ।
उक्त तालिम जम्मा तीन सय ८० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । साथै राजापुर नगरपालिकाका कृषकसमूहसँग ग्लोबल मनी वीक २०२२ को अवसरमा बैंकिङ चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले देशभर रहेका २१ शाखाहरूमार्पmत वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।