काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ । यो अफरअन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताहरुले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि फोर ए टेलिभिजन जित्न सक्नेछन् ।
प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ, जसले गर्दा नयाँँ टिभी किन्न चाहने उपभोक्ताहरुको लागि बजारमा योभन्दा राम्रो विकल्प छैन । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मिमा डबल मज्जा’ अफर ल्याएको छ । यस अफरअनुसार मि टेलिभिजन खरिद गर्ने एक जना भाग्यशाली विजेताले लक्की ड्रमार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र छ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्रमार्फत ४० इन्चको मि फोरए टेलिभिजन जित्न सक्नेछन् ।
मि टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्ले स्टोरमा भएको चार हजारभन्दा बढी एपहरु सपोर्ट गर्छ । यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो, जसले गर्दा च्यानल चेन्ज गर्न टिभीमै रिमोट पोइन्ट गरी राख्नुपर्दैन । साथै यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ । यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभी हेर्दा पनि अरु टिभीभन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ । मि टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो ।
बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभी किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टिभी किने पनि ठूलो टिभीमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ । यसको बजार मूल्य २९ हजार नौ सय रुपैयाँदेखि एक लाख नौ हजार नौ सय ९९ रुपैयाँसम्म छ । यो अफर चैत १८ देखि वैशाख ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।